Aamsanchar

बिर्तामोड अब ‘हरित नगर’

Author Image
सोमवार, असोज १५, २०७५

झापा।

आफ्नो नगरभित्रका सबै सडक कालोपत्र हुन् । घर– घरमा विकासका सवै पूर्वाधार पुगुन्, नगरवासी केही पनि वेरोजगार नहुन्, कृषि र पशुपालनमा लागेका नगरवासीको जीवनस्तर सुधिँ्रदै जाओस्, उनीहरुले अग्र्यानिक उत्पादन गरुन्, आफ्नो सिङ्गो नगर हरित् होस् अनि बिषादिरहीत नगर बनोस् बिर्तामोड नगरप्रमुख धुव्रकुमार शिवाकोटीले दिउँसै देखेको सपना हो यो । उनी जहाँ पुग्छन् आफ्नो नगरका विषयमा यस्तै सपना बुन्दै हिँड्छन् अनि आफूले देखेका सपना नगरवासीलाई सुनाउँछन् ।

केही समय अघिसम्म अग्र्यानिक मेयरका रुपमा चिनिएका शिवाकोटीले पछिल्लो समय बिर्तामोड नगरपालिकालाई हरित् नगर बनाउन पहल शुरु गरेका छन् । घर–घरमा विरुवा रोप्न लगाएर त्यसलाई व्यवसायमा परिणत गर्दै उनले आर्थिक उपार्जनका लागि एउटा विरुवाले पनि महत्वपूर्ण टेवा पु¥याउने बताएका छन् ।

नगरवासीलाई निम र तेजपत्ताका विरुवा रोप्न लगाएर त्यसबाट छोटो समयमा मनग्ये आम्दानी लिन सकिने उनले बताए । नगरपालिकाले नगरवासीको जीवनस्तरमाथि उठाउन सम्भाव्यता अध्ययन गरिरहेको छ– उनले भने– ‘आजैबाट विरुवा रोप्न शुरु गर्नुहोस्, नगरपालिकाले तपार्इँहरुलाई चाहिए जति विरुवा दिन्छ, बढी फलफूलका बिरुवा लगाउनु होस् तत्काल फल दिन शुरु गर्छ ।’

चालू आर्थिक वर्षमा एक लाख निम र तेजपत्ताका विरुवा वितरण गर्ने तथा चार वर्षभित्रमा बिर्तामोड नगर क्षेत्रमा पाँच लाख विरुवा बितरण गर्दै त्यसबाट उत्पादन लिने नगरपालिकाको दीर्घकालीन योजना रहेको शिवाकोटीले बताए । नगरप्रमुख शिवाकोटीले भने– ‘परिवर्तन आफैंबाट सम्भव छ, अब बिर्तामोडवासी कोही पनि गरीव भएँ भनेर बस्नु पर्दैन, काम गर्ने उत्साह देखाउनुहोस्, लगानी गर्न नगरपालिका तयार छ ।’

निम र तेजपत्ताबाट विभिन्न प्रकारका सामग्री तयार गर्न सकिने बताउँदै उनले भने– ‘चार वर्ष भित्रमा बिर्तामोडमा यसैसंग सम्वन्धित उद्योग स्थापना गर्दै नगरवासीले उत्पादन गरेका विरुवाको जरादेखि पात र हाँगा समेत खरिद गर्दै आर्थिक उपार्जनको पाटो मजबुद गर्न हामी तयार छौं ।’

कृषकका लागि मेयर पकेट कार्यक्रम

बिर्तामोड नगरपालिकाले आफ्ना नगरका विपन्न समुदायको जीवनस्तर उकास्न अहिले मेयर पकेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । युवालाई कृषिप्रति आकर्षित गर्न नगरपालिकाले कृषि र पशुलाई मुख्य प्राथमिकता दिएर उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

बिर्तामोड नगर क्षेत्रमा आर्थिक वर्ष ०७४÷०७५ को कार्यक्रम अन्तरगत मेयर पकेट सञ्चालनमा छ । उक्त कार्यक्रममा नगरपालिकाले २ करोड ५० लाख बजेट विनियोजन गरेको थियो सोही रकमले अहिले यो कार्यक्रम सञ्चालनमा छ । जसका कारण कृषिलाई व्यवसायिक र कृषकलाई पशुपालनमा आत्मर्निभर बनाउने लक्ष्य नगरले राखेको छ । ‘कृषकलाई व्यवसायिक र अग्र्यानिक नगर बनाउने मेरो मुख्य लक्ष्य हो’– नगर प्रमुख शिवाकोटीले भने– ‘कृषकलाई आवश्यक बीऊ, विजन, प्राविधिक सहयोग नगरपालिकाले गरिरहेको छ, कृषकले काममा लगाव देखाए पुग्छ ।’

नगरले बिर्तामोडका विभिन्न वडाका विभिन्न टोल टोलमा फरक फरक ढंगले कार्यक्रम सञ्चालन गरेको छ । कतै वाख्रा बितरण त कतै वंगुर अनि कतै कुखुरा समेत बितरण गरेर कृषकलाई कृषि पेशाप्रति आकर्षित गरिरहेको छ । हाल यो कार्यक्रम अन्तर्गत तीन ठाउँमा बाख्रा वितरणका गरिएको छ । बिर्तामोड–७, ८ र ९ नम्वर वडाका किसानलाई १ सय ३५ वटा बाख्रा वितरण गरिएको बिर्तामोड नगरपालिका पशु विकास शाखा अधिकृत सानुमाया श्रेष्ठले बताइन् । बंगुरका दुई वटा पकेट सञ्चालन गरी बंगुर साटासाट कार्यक्रममा अन्तर्गत बिर्तामोड–१० चमरधापको मिरमिरे बंगुरपालन कृषक समूहलाई ३० वटा, बिर्तामोड–६ बुट्टाबारीका १५ परिवारलाई ३० वटा बंगुरका पाठा वितरण गरिएको श्रेष्ठको भनाइ छ । कुखुरा वितरण अन्तर्गत बिर्तामोड–२ र १०का कृषकलाई चार सय वटा लोकल कुखुराका चल्ला वितरण गरिएको छ ।

नगरपालिकाले कृषकलाई लक्षित गर्दै भकारो सुधार कार्यक्रम समेत अघि बढाएको छ । जस अन्तर्गत ७० गोठ गाईको भकारो सुधार गरेको छ । बंगुर र बाख्राको २५÷२५ वटा खोर सुधार गरेको छ । ‘कृषकको छनोट गरी ठूलो फर्म अनुदान अन्तरगत गाई, बाख्रा र बंगुरपालन गर्ने ३ जना किसानलाई अनुदान प्रदान गरेका छौँ’– श्रेष्ठले भनिन्– ‘दुई स्थानमा लोकल कुखुरा स्रोतकेन्द्र स्थापना गरेका छौँ ।’

हाते ट्याक्टर पनि बितरण

खेतीलाई व्यवस्थित र कम लागतमा बढी उत्पादन लिन सकिने बताउँदै नगरपालिकाले आफ्ना नगरभित्रका कृषकका लागि अहिले हाते ट्याक्टर पनि बितरण गरेको छ । कृषियन्त्र अन्तर्गत नगरका ८ वटा वडाका कृषक समूहलाई ८ वटा हाते ट्याक्टर वितरण गरेको हो ।

नगरपालिकाले बिर्तामोड–२, ७, ८, ९, १०का किसान छनोट गरेर ३९ कठ्ठा क्षेत्रफलमा माछापोखरी निर्माण गरेको छ । बिर्तामोड –१० मा माछाको भुरा उत्पादन केन्द्र र बिर्तामोड कृषिथोक बजारमा बिक्री केन्द्र स्थापना गरिएको छ । नगरपालिकाले कृषक पाठशाला सञ्चालन गरेको छ । बिर्तामोड –२, ६, ७मा माटो परीक्षण गरेर किसानलाई कृषि चुन उपलब्ध गराइएको कृषि अधिकृत राजेन्द्र कडरियाले बताए ।

बिर्तामोड २, ६, ७, ८, ९, १०, वडाका कृषि उब्जाउ क्षेत्रको पहिचान गरेर ३० वटा मकै छोडाउने मेसिन वितरण गरेको बिर्तामोड नगरपालिकाका कृषि अधिकृत कडरियाले बताए । उनले भने– ‘बिर्तामोड–२, ३, ६, ७, ८, ९, १० वडाका कृषक समूहलाई ४० वटा बोरिङ वितरण गरेको छ ।’ युवा स्वरोजगार कार्यक्रम अन्तर्गत १० जनालाई अनुदान प्रदान गरिएको, मेयर विषादिमुक्त कार्यक्रम अन्तर्गत ५० जना कृषक छनोट गरेर तरकारी खेती सञ्चालन गरिएको कडरिया बताउँछन् ।

गाउमा विकास धमाधम

नगरप्रमुख शिवाकोटीले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा विकास निर्माणका कामलाई तीव्रता दिएका छन् । उनले आफ्नो नगरका १० वडामध्ये दक्षिण क्षेत्रका अर्ध विकसित वडाको विकासका लागि विशेष कार्यक्रम नै अघि बढाएका छन् । जुन ठाउँमा वाटो, विजुली, खानेपानी, सञ्चार, नहर, कल्र्भट आवश्यक छ त्यसको सम्भाव्यता अध्ययन गर्दै निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

बिर्तामोड–१० पुगेका नगरप्रमुख शिवाकोटीले वर्षाैदेखि त्यहाँका स्थानीयवासीले झेल्दै आएको टेलिफोन नलाग्ने समस्याको हल गर्ने र सवै नगरवासीलाई सञ्चारको पहुँचमा ल्याउने बताए । उनले भने– ‘व्यवसायिक नगरका रुपमा चिनिएको बिर्ताामोडमा टेलिफोन नै नलाग्ने यस्तो पनि ठाउँ छ भन्दा अचम्म लाग्न सक्छ, तर यो समस्या केही दिनमै हल गरेर देखाउँछु ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर