Aamsanchar

सभापति देउवाद्वारा जितिया पर्वको शुभकामना

Author Image
सोमवार, असोज १५, २०७५

काठमाडौँ,

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तराईमा विशेष गरेर थारू महिलाले मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदी बहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक शुभकामना सन्देशमार्फत जितिया पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो । यो पर्व थारू महिलाले निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गरी मनाउने गर्दछन् ।

विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये जितिया पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उहाँले उल्लेख गर्नुभएको छ । सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले जितिया पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउने काममा मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Views: 233

प्रतिक्रिया (०)