Aamsanchar

आयोजकधारागोला फुटबल क्लब फाइनलमा

Author Image
मङ्गलवार, असोज १६, २०७५

शान्तिनगर, 

आयोजक धारागोला फुटबल क्लब झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमवार भएको पहिलो सेमिफाइनलमा मनास्लु युवा क्लब कालिस्थानलाई टाइव्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको हो ।

दुबै टोलीले प्रतिस्पर्धात्मक खेल खेलेकाा थिए । पहिलो हाफको १० औँ मिनेटमा मनास्लुका नगेन्द्र तामाङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर सो अग्रता धेरै समय टिक्न सकेन् । आयोजकको तर्फबाट खेलको २० औँ मिनेटमा गोकुल राजबंशीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५२ औँ मिनेटमा पुन कालिस्थानका लागि नगेन्द्र तामाङ्गले टिमका लागि दोस्रो गोल गर्दै २–१ स्थितीमा पुर्याउँदै आयोजकलाई दवावमा राखेको थियो । तर खेलको इन्जुरी समयमा आयोजकका लागि उज्वल शेर्माले उत्कृष्ट गोल गरेपछि आयोजक खेलमा फर्किएको थियो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय टाईब्रेकरबाट भएको हो ।

मनास्लु एक खेलाडीले प्रहार गरेको गोल बाहिर गएको थियो भने आयोजकका गोल किपर अन्जन फाँगोले एक प्रहार रोकेका थिए । कालिस्थानका लागि दुई जना खेलाडीको प्रहारले मात्र जाली चुमेको थियो । आयोजकका ४ खेलाडीले गोल गरेपछि धारागोला युवा क्लबले अन्तिम दुईमा स्थान बनाएको हो ।

सोमबारको खेलको म्यान अफ द म्याच बिजयी टिमका गोकुल राजवंशी घोषित भए । उनलाई स्वर्गीय रबिन्द्रमाया लावतीको स्मृतिमा छोरी मनिमा लावतीले संयोजन गरेको पुरस्कार मनिमाकी छोरी श्वेता लिम्बुले प्रदान गरिन् ।

मंगलबारको दोस्रो सेमीफाइनलमा बहुवन युवा क्लब इलाम र गोधुली युवा क्लब धाईजनवीच फाइनल प्रबेशका लागि प्रतिस्पर्धा हुने आयोजक समितिका बरिष्ठ उपाध्यक्ष कोरियन तामाङ्गले जानकारी दिए । खेल दिउँसो ३ ः०० बजेबाट शुरु हुनेछ । फाइनल खेल असोज १८ गते बिहिबार हुनेछ ।

पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकीय स्थल धारागोला भ्यूटावरको प्रचार–प्रसारका साथै स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने र खेल मैदानको स्तर उन्नती गर्ने उद्धेश्यले सो फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँ ट्रफि, प्रमाणपत्र र उपबिजेता टोलीले नगद २० हजार रुपैयाँ, ट्रफि प्रमाण–पत्र प्राप्त गर्नेछ । असोज ३ गते देखि १८ गतेसम्म आयोजित प्रतियोगितामा झापा र इलामका गरि १६ वटा टोलीले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर