Aamsanchar

ट्राफिक प्रहरीद्धारा ब्यवसायी र चालकसंग छलफल / ‘जुत्ता नलगाए लाइसेन्स जाला !’

Author Image
बुधवार, असोज १७, २०७५

बिर्तामोड ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चाडवाडको बेला दुर्घट्ना बढ्नसक्ने भन्दै सवारी चालक तथा सवारीका मालिकहरुलाई दुर्घट्नाबाट बच्न सचेत गराउन थालेको छ ।

बुधबार ट्राफिक प्रहरीले सवारी चालक तथा व्यवसायीको एक भेला नै आयोजना गरी सचेत गराएको हो । सवारी चलाउँदा जुत्ता अनिवार्य प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा प्रमुख प्रहरी निरीक्षक राजेश राईले आग्रह गरेका छन् । प्रमुख राईले चालक र व्यवसायीलाई चेतावनीपूर्ण तरिकाले भने, ‘जुत्ता नलगाए लाइसेन्स जाला !’ एक पटक सम्झाउछौं अर्को पटकबाट कारबार्ही अभियान सुरु हुन्छ ।

चेकजाँचमा कडाई, मापसे जाँच, ट्राफिक नियमको पालना लगायतको काम ट्राफिकले गरिरहेको भन्दै अब चालकले जुत्ता लगाए–नलगाएको पनि चेक जाँच गर्ने राईले बताए ।

यससँगै दुर्घट्ना कम गर्न झापामा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । चालक र व्यवसायीलाई भेला डाकेरै यस्तो जानकारी गराइएको हो । चप्पल मात्रै लगाएर सवारी हाँकेको भेटेमा लाईसेन्स नै खारेज गर्नसक्ने वा जरिवाना गर्नसक्ने ट्राफिक प्रमुख राईले बताए ।

दशैं, तिहारजस्ता चाडपर्वका बेला दुर्घट्नाको सम्भावना बढ्ने भन्दै यस्तो नियम सुरु गरिएको राईको भनाइ छ । सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम छ ।

जिल्ला ट्राफिक प्रहरीका अनुसार धेरैजसो दुर्घट्ना चप्पल लगाएर सवारी चलाउँदा ब्रेक र क्लचबाट खुट्टा चिप्लिएर हुने गरेको पाइएको छ । ब्यवसायीले ट्राफिक प्रहरीलाई आफुहरु पूर्णरुपमा सहयोग गर्दै अघि बढ्न तयार रहेको बताए । उनीहरुले सडकको अवस्था अत्यनत नाजुक भएको भन्दै सडकको विषयमा पनि सरोकारवाला निकायलाई घचघच्याई दिन ट्राफिक प्रहरीलाई उनीहरुले आग्रह गरेका छन् ।

यसैबीच इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी कृष्णप्रसाद कोइरालाले नियम र कानुन सबैलाई लाग्ने भन्दै कानुन मिच्नेलाई तरुन्त कारबार्ही गर्न प्रहरी तयार रहेको बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर