Aamsanchar

यती एयरलाईन्सको जहाजमा युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप

Author Image
बिहिवार, असोज १८, २०७५

काठमाडौँ |

भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ ।

यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ ।

असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ ।

यती एयरको एटीआर ७२—५०० यात्रा गररहेकै रायमाझी भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ ।

विमान चढेको १० निमेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनेपरेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए । पुष्पा र उनकी फुपु माया खडका र ७८ बर्षीया हजुरआमा दाँतको उपचारका निम्ति काठमाडौं आउँदै थिए । – आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर