भद्रपुर ।

घरायशी विवादपछि श्रीमान्ले श्रीमतीलाई धारिलो हतियार छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।

झापा भद्रपुर नगरपालिका ३ निवासी ३४ बर्षीय अनिल सुब्बाले आफ्नै श्रीमती २२ बर्षीया बर्षा सुब्बालाई छुरा प्रहार गरेको वडा प्रहरी कार्यालय भद्रपुरबा प्रहरी निरीक्षक प्रकाश जगेवूले जानकारी दिए ।
प्रहरीका अनुसार बुधवार राती घरायशी विवाद बल्झिएपछि अनिलले बर्षाको पेटमा छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट गम्भिर घाइते भएकी बर्षाको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यता छुरा प्रहार गर्ने अनिललाई महेशपुर प्रहरी चौकीले पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ ।
Views: 224

