भद्रपुर ।

मोटरसाइकल चोरी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले सात बर्षपछि पक्राउ गरेको छ ।

सातबर्ष अघि मोटरसाइकल चोरी गरी फरार रहेका मोरङ्ग बेलबारी नगरपालिका.७ बस्ने ५३ बर्षीय टिकाराम भन्ने टंकनारायण चौधरीलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
प्रहरी अनुसार झापा जिल्ला अदालतले ०६८ माघ १७ गते मोटरसाइकल चोरी मुद्दामा चौधरीलाई ६ महिना कैद र एक लाख २० हजार जरिवाना वा सो वापत ४ बर्ष ६ महिना कैद सजाय सुनाएका थिए ।

अदालतले सुनाएको फैसलादेखि नै चौधरी फरार रहेका थिए । यता पक्राउ परेका चौधरीलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि शुक्रवार झापा कारागार भद्रपुर चलान गरिएको जनाइएको छ ।
Views: 115

