Aamsanchar

२५ हजार पुँजीलाई, अर्जुनधाराले ३८ लाख बनायो

Author Image
शनिवार, असोज २०, २०७५

प्रमुख अतिथिलाई मायाको चिनो दिदै संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, लेखा संयोजक ।

चारपाने, असोज २० । अर्जुनधारा कृषि सहकारी संस्था अर्जुनधारा–५ फुलबारीको ११ औं बार्षिक उत्सव सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ताराप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडन नं. ५ का वडा अध्यक्ष ध्यानबहादुर भारतीको प्रमुख आतिथ्यता रहेको थियो ।
विगत १० बर्ष अघि २५ हजार पुजी बनाएर गाउँका २५ जना साना किसानहरुले स्थापना गरेको सहकारीमा अहिले ८७ जना कृषक आवद्ध रहेका छन भने हाल सम्म आउदा संस्थामा ३८ लाख ८० हजार ५४ रुपैया ७० पैषा पुँजी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि भारतीले अर्जुनधारा कृषि सहकारी संस्थाले नितीगत रुपमै काम गर्दै आएको हुदाँ संचालक समिति धन्यवादको पात्र रहनु भएको छ । अरु पनि सहकारीहरुले जुन उदेश्य देखाएर दर्ता भएका छन त्यही उदेश्य अनुरुपको काम गर्नु पर्छ, सो अनुरुपको काम भएको नभएको अनुगमन नगरपालिकाले गर्ने हुदा वडाका सबै सहकारीले आफ्नो उदेश्य अनुरुपको काम गर्न अनुरोध गर्दै उनले भने उदेश्य अनुरुप काम नगरेको पाईएका सहकारीको दर्ता खारेजी लगायतका कार्वाही नगरले गर्ने समेत बताए ।

साधारण सभाको अवसरमा संस्थाका तिन जना उत्कृष्ट बचत तथा ऋणीहरुलाई संस्थाले सम्मान तथा पुरस्कृत गरेको थियो । पुरस्कृत हुने शेयर सदस्यहरुमा पल्लवी राजवंशी, चन्द्रप्रसाद पराजुली, मनमाया गिरी रहेका छन । उनिहरुलाई दोसल्ला र नगदले सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मुखमेल धिमालले स्वागत मन्तव्य राखेका थिए भने सचिव रामबहादुर कार्कीले प्रतिवेदन वाचत तथा कार्यक्रमको संचालन गरेका थिए । शेयर सदस्य विनोद बस्नेत, लेखा समिति संयोजक गणेशबहादुर कार्की, पूर्व अध्यक्ष डेगनाथ खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Views: 108

प्रतिक्रिया (०)