Aamsanchar

सुरक्षा सुदृढीकरण सम्बन्धि अन्तरक्रिया 

Author Image
शनिवार, असोज २०, २०७५

रोसन भट्टराई/ बुधबारे

इलाका प्रहरी कार्यालय बुधबारे र सामुदायिक प्रहरी सेवा केन्द्र बुधबारेको संयुक्त आयोजनामा आज दशौँ तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सेवा केन्द्रका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका प्रमुख रमेश कुमार भुजेलको प्रमुख आतिथ्यता तथा विभिन्न वडाका वडाध्यक्ष, वित्तिय संघ संस्थाका प्रतिनिधी, पार्टी प्रतिनिधी, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधी, स्थानीय समाजसेवी तथा पत्रकारहरुको उपस्थितीमा भएको कार्यक्रमको संचालन सेवाकेन्द्रका महासचिव धरणीधर पोखरेलले गरेका थिए ।

इलाका प्रहरी केन्द्र बुधबारेका इन्चार्ज पदम सुन्दर लिम्बुले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रम मा अतिथिहरुले शुभकामना मन्तव्य राखेको तथा राज्यले हालसालै लागु गरेको नयाँ सुरक्षा नीतिको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले बुद्धशान्ति गाउँपालिकाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गर्दै विभिन्न चोक तथा बजारहरुमा सिसि टिभी क्यामेराको जडान कार्य थालिएकोले यसमा सबैले सहयोग गर्न अपिल समेत गरे ।

कार्यक्रम उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिको सभाहलमा भएको थियो ।

Views: 199

प्रतिक्रिया (०)