Aamsanchar

प्रदेश नामाकरणबारे छलफल

Author Image
आइतवार, असोज २१, २०७५

इटहरी, 

नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवं छलफल सम्पन्न गरेको छ ।

प्रदेशको उपयु्क्त नाम तोकिँदा पहिचान, इतिहास, संस्कृति, भूगोल अन्य महत्वपूर्ण विषय र सबै नागरिकले उपयुक्त ठहर गरेको शब्दावलीलाई लिनुपर्नेमा विषयविज्ञ वक्ताहरूले आ–आफ्नो तर्क प्रस्तुत गर्नुभएको थियो ।

उक्त अन्तरक्रियात्मक कार्यक्रममा प्राज्ञ उपानाथ रिजाल, सञ्चारकर्मी जनकऋषि राई, अध्ययता मोहन तिम्सिना, विजय लिम्बू र सत्यनारायण राजधामीले प्रदेश नं १ को नाम कोशी, सगरमाथा, चोमोलोङमा, किरात, थरूहट आदि राख्न उपयोगी हुने तर्क एवं सान्दर्भिकता हुने जिकिर गर्नुभएको छ ।

प्रदेश नं. १ का उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सांसदहरू सर्वध्वज साँवा, सावित्री श्रेष्ठ, तुलसीप्रसाद न्यौपाने, राजन राई, लिलम बस्नेत, वसन्तदेवी चौधरी, बीना राईलगायतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा सांसदहरूले प्रदेशको नामसँगै प्रदेश नं. १ को राजधानी इटहरीलाई केन्द्रविन्दुमा राखेर निधो गर्दा उपयुक्त हुने तर्कसमेत अघि सारिएका थिए ।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर