Aamsanchar

‘अब अन्तिम लडाइ“ लड्छौं’

Author Image
सोमवार, असोज २२, २०७५

झापा।

स्वतः स्थायी गर्न माग गर्दै देशभरका राहत शिक्षक सडकमा उत्रिएका छन् । देशभरबाट भेला भएका हजारौंले राहत शिक्षकले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आइतवार आयोजित विरोध प्रदर्शनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् । माइतीघर मण्डलामा भेला भएका राहत शिक्षहकहरुले नयाँ बानेश्वरसम्म ¥यालीसहित प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरे ।

नेपाल राहत शिक्षक संघका बरिष्ठ सहअध्यक्ष नवीनसिंह धामीले आफ्नो ऊर्जाशील उमेर शिक्षण पेशामा ब्यतित गरेका ४० लाख राहत शिक्षकको योगदानलाई सरकारले अवमूल्यन गरेको बताए । उनले एकै प्रकृतिबाट २०७१ सालसम्म नियुक्त भएका अस्थायी शिक्षकलाई आन्तरिक प्रक्रिया मिलाएर स्थायी गरिएको र कतिपयलाई गोल्डेन ह्याण्डसेक गरी बिदा गरिएको भन्दै राहत शिक्षकप्रति भने राज्यले अन्याय गरेको गुनासो गरे । मंगलबार शिक्षा मन्त्रालयले संघर्ष समितिलाई वार्ताका लागि बोलाएको पनि उनले जानकारी दिए ।

‘वार्तामा सम्बन्धित मन्त्री वा कम्तीमा सचिव बस्न आग्रह गरेका छौं, राजनीतिक दलहरुका प्रमुख सचेतक र सम्बन्धित संसदीय समितिका सभापतिलाई पनि वार्तामा सामेल गराइदिन आग्रह गरेका छौं’– धामीले भने– ‘वार्ता सफल हुनेमा आशावादी छौं । अन्यथा हामी अब अन्तिम लडाईं लड्छौं ।’

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर