Aamsanchar

बुद्धशान्तिको सुरक्षा दरिलो बनाइने

Author Image
सोमवार, असोज २२, २०७५

बुद्धशान्ति।

आसन्न दशैं, तिहार र छैठ पर्वको समयमा हुन सक्ने सामाजिक अपराधहरूलाई निरुत्साहित, न्यूनीकरण र नियन्त्रण गर्ने उद्देश्यले बुधवारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

बुद्धशान्ति इलाका प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा बुद्धशान्तिको संयुक्त आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता र बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शान्ति सुरक्षालाई बलियो बनाउन स्थानीय सरकार, राजनीतिक दलहरू, सामाजिक संघ–संस्था, वित्तीय संघ–संस्थाहरू, उद्योगी व्यवसायीहरू लगायत समग्र नागरिक समाजले सुरक्षा निकायलाई सहयोग पु¥याउनु पर्नेमा जोड दिइयो ।

सर्वसाधारण जनताको पहुँचमा समेत सुरक्षाको प्रत्याभूति गराउन सुरक्षा गस्ती, हटलाइन सेवा, सञ्चारमाध्यम र समाजिक सञ्जालले सहयोगको हात बढाए शान्ति सुरक्षा बलियो हुने र चाडबाडहरू आनन्दपूर्वक मनाउन सकिने वक्ताहरुले बताएका थिए ।

इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रमुख प्रनानि पदमसुन्दर लिम्बूले स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको सो कार्यक्रममा प्रमुख अतिथि भुजेल, जनप्रतिनिधिहरूकातर्फबाट वडा नं.६ का अध्यक्ष शम्भुप्रसाद पौड्याल, वडा नं ३की सदस्य भगवती नेउपाने, राजनीतिक दलका तर्फबाट संघीय लिम्बूवानका नगेन राई, झापा उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र चापागाईं, बुधबारे साना शहरी खानेपानीका अध्यक्ष लय भण्डारी र सनराइज बैंक बुधबारेका प्रमुख तेजबहादुर थापा मगरले बोलेका थिए ।

सबै वडाका जनप्रतिनिधिहरू, बजार व्यवस्थापन समिति, सञ्चारकर्मीहरू र सुरक्षाकर्मीहरूको उपस्थितिमा आयोजित सो कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्रका महासचिव धरणी पोखरेलले गरेका थिए ।

Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर