लहान,

जिल्ला उद्योग वाणिज्य सङ्घ लहान सिरहाको अध्यक्षमा अशोकलाल अमात्य निर्वाचित हुनुभएको छ । सङ्घको नयाँ नेतृत्वका लागि गत आइतबार सम्पन्न निर्वाचनको आज बिहान सकिएको मतगणना परिणामअनुसार सङ्घमा अमात्यको प्यानलै विजयी भएको छ ।

सङ्घको प्रथम उपाध्यक्षमा दीपक नायक, द्वितीय उपाध्यक्षमा प्रमेश्वर साह, महासचिवमा अब्दूल करिम, कोषाध्यक्षमा विकाश शारडा, सचिवमा सरोजकुमार महतो निर्वाचित हुनुभएको छ ।
त्यसै सङ्घको सात खुला सदस्यमा नागेश्वर चौधरी, रामभजन पञ्जियार, प्रदीपकुमार गुप्ता, राम उदगार महतो ८६५, चन्देश्वर यादव ८४५, रञ्जीतकुमार चिरानियाँ र रवीन्द्रप्रसाद चौधरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

महिला सदस्यमा रीतादेवी यादव र सुशीलाकुमारी महतो निर्वाचित हुनुभएकोे निर्वाचन अधिकृत परशुराम निरौलाले जानकारी दिनुभयो । कूल दुई हजार २८७ मतदाता रहेको सङ्घको गत आइतबार भएको निर्वाचनमा एक हजार ७३१ मत खसेको थियो ।

