Aamsanchar

महिला माथि हुने हिंसाको विरोध

Author Image
मङ्गलवार, असोज २३, २०७५

बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिका – २ रामचौकमा रहेको मोहनमाया माविका विद्यार्थीले विजया दशमीको अपसरमा विद्यालय विदाहुन अघि यो वर्ष शुभकामना आदान प्रदान गरेनन् ।

हरेक वर्ष सो विद्यालयमा अध्ययनरत शिक्षक, विद्यार्थी र अभिभावहरुबीच विजया दशमीको पूर्व सन्ध्यामा विजया दशमी शुभ रहोस् भन्दै शुभकामना आदन प्रदान गर्ने गरेका थिए । तर, यो वर्ष विद्यार्थीले स्वतस्र्फूत रुपमा महिला माथि हुने हिंसा(बलात्कार)को विरोध गरे ।

दिन प्रतिदिन महिलामाथि हुने यौन जन्य हिंसाका घटना देशभर बढेकाले त्यसलाई नियन्त्रण गर्न सरकार चानाखो हुनुपर्ने र महिलामाथि हिंसा गर्नेलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने विद्यार्थीको माग छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले महिला हिंसा अन्त्यको माग गर्दै विद्यालयबाट प्लेकार्ड सहित ¥याली निकालेका थिए ।

¥याली चारपाने चौक परिक्रमा गर्दै सांगवेद संस्कृत विद्यलय हुँदै पुनः विद्यालय आइपुगेको थियो । महिला सम्मानको आधार,वलात्कार हिंसा रहित समाजको निर्माण सवैको सरोकार भन्दै उनीहरुले निकालेको ¥यालीमा विद्यालयका शिक्षकको समेत सहभागीता रहेको विद्यालयका प्रधानाध्यापक शेरवहादुर श्रेष्ठले बताए ।

उनले भने–‘ हामी आफैं अचम्ममा प¥यौ विद्यार्थीले यस्तो कार्यक्रम गर्छौ भन्दै प्रस्ताव लिएर आए उनीहरुको प्रस्ताव अनुसार सामाजिक विषय अध्ययन गराउने शिक्षको कोअडिनेशनमा ¥याली गरिएको हो । जसमा ट्राफिक प्रहरीले पनि साथ दिएका छन् ।’

विद्यार्थीले निकालेको ¥यालीमा कञ्चनपुरकी निर्मला पन्तको वलात्कार पछि हत्यामा सम्लग्नलाई कारवाहीको माग समेत गरेका थिए ।

Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर