दिपेन लावती / शान्तिनगर,

हिमशिखर साना किसान कृषि सहकारी संस्थाले २० लाख बढि नाफा आर्जन गरेको छ । बुद्धशान्ति गाउँपालिका–५ को वडा कार्यालय परिषरमा सोमबार संस्थाको छैठौँ बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष धनबहादुर श्रेष्ठले सो जानकारी गराएका हुन् । आर्थिक बर्ष २०७४÷०७५ असार मसान्तसम्म संस्थाले २० लाख ८५ हजार ३ सय ३३ रुपैयाँ कुल नाफा कमाएको हो । संस्थाको कुल चुक्ता शेयर पुँजी ५ करोड ९२ लाख ४ हजार ७ सय रुपैयाँ रहेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेलको प्रमुख आतिथ्य र जिल्ला कृषि सहकारी संघका सचिव रामप्रसाद ओलीको विशेष आतिथ्य रहेको थियो । बुद्धशान्ति गाउँपालिकाको ७, ६, ४ र ५ नम्बर कार्यक्षेत्र रहेको संस्थाले १८४ वटा समुह बनाइ १०३४ जना शेयर सदस्य बनाएको बार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । संस्थाले हरेक बर्ष ब्यवसायिक पशुपालक, ब्यवसायिक किसान र शेयर सदस्यहरुका छोरा÷छोरी मध्येबाट कक्षा–१२ मा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालय मध्येबाट ४ जनालाई सम्मान–पत्र र नगद पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।
यस बर्ष उत्कृष्ट पशुपालक किसानमा प्रेमसागर चाँपागाई (गाइपालन), दिलवहादुर बिक, जानुका कोइराला (वाख्रापालन) लाई सम्मान गरियो । त्यस्तै, उत्कृष्ट ब्यवसायिक किसानहरुमा चेतन सुवेदी, त्रिलोचन धिताल र गोपालसिँह राईलाई सम्मान गरियो । उनीहरुलाई प्रमुख अतिथी बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष भूर्तेल, जिल्ला कृषि सहकारी संघका सचिव ओली लगायतले सम्मान–पत्र प्रदान गरे ।

त्यस्तै शेयर सदस्यका छोरा÷छोरी मध्येबाट कक्षा–१२ मा उत्कृष्ट अंक ल्याउने अन्जना खतिवडा, मनिषा भट्टराई र प्रजिन खतिवडालाई ‘साना किसान शैक्षिक पुरस्कार’ बाट सम्मानित गरिएको छ । उनीहरुलाई सम्मान–पत्र र नगद २५ सय रुपैँयाँ सहित सम्मान गरिएको हो । संस्थाले किसानको हितका लागि लगानी गर्दै किसानको जीबिकोपार्जनमा महत्वपूर्ण सहयोग पूर्याउँदै आएको छ । यसका साथै आर्थिक बर्ष २०७५÷०७६ मा संगठन विस्तार, शेयर सदस्य विस्तार, शेयर रकम, निक्षेप रकम बढाउने, ऋणको ब्याजदर घटाउने, पशुकर्जा बढाउने, पशु विमा संचालन गर्ने लगायतका काम संचालन गर्ने लक्ष्य राखिएको छ ।
सस्थाका उपाध्यक्ष दुर्गा पोख्रेलले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथी भूर्तेल, जिल्ला कृषि सहकारीका सचिव ओली, घैलाडुब्बा साना किसान कृषि सहकारीका प्रबन्धक देवीप्रसाद उप्रेती, गंगाराम राई लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन हिमशिखर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक नारायण पौडेलले गरेका थिए ।
अध्यक्षमा आचार्य

हिमशिखर साना किसान कृषि सहकारी संस्थाको ३ बर्षे कार्यकालका लागि कृष्णप्रसाद आचार्य निर्विरोध चयन भएका छन् । सोमबार छैटौँ साधारणसभाले नयाँ ११ जना कार्यसमिति नै निर्विरोध चयन गरिएको हो । समितिको उपाध्यक्षमा दुर्गा पोख्रेल चयन भएकी हुन् ।
अन्य सदस्यहरुमा खड्ग प्रसाद राई, धनबहादुर श्रेष्ठ, विमला गड्तौला, डम्बर प्रसाद अधिकारी, अरुण खतिवडा, तस्मिना आचार्य, तुुलसा खनाल, शान्ता तामाङ, चुडामणि न्यौपाने रहेका छन् ।
नयाँ कार्यसमिति गठनका लागि इन्द्र अधिकारीको संयोजगत्वमा ३ सदस्सिय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलको सदस्यहरुमा डिकुरा पोख्रेल र ऋषिराज भट्टराई रहेका थिए । सोही कार्यक्रममा नव कार्य समितिलाई अविर, माला लगाई स्वागत सम्मान गरिएको थियो । त्यस्तै बुद्धिमान जवेगु (लिम्बु)को संयोजगत्वमा ३ सदस्सिय लेखा समिति चयन गरिएको छ । जसमा पवित्रा घिमिरे र हर्क बहादुर राई सदस्य रहेका छन् ।

