Aamsanchar

१२ हजार विरामीले वीएण्डसीमा स्वास्थ्य सेवा लिए

Author Image
शनिवार, असोज २७, २०७५

बिर्तामोड।

झापाको बिर्तामोडमा रहेको वीएण्डसी टिचिङ हस्पिटलले आयोजना गरेको स्वास्थ्य शिविरमा झण्डै १२ हजार विरामीले स्वास्थ्य सेवा लिएका छन् ।

विजया दशमीको अवसर पारेर अस्पतालले गत असोज ९ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा ११ हजार ३ सय ६२ जनाले निःशुल्क ओपीडी सेवा लिएको अस्पताललका आर्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य शिविरमा ९ हजार ६ सय ६२ जनाले ल्याव र ५ सय ६२ जनाले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालले आयोजना गरेको स्वास्थ्य शिविरमा ७० लाख रुपैयाँ वरावरको छुट दिएको कार्याकारी निर्देशक प्रसाईले बताए ।

अस्पतालले शनिवार आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा कार्यकारी निर्देशक प्रसाईले दशैमा समेत अस्पतालको सेवा २४ सै घण्टा खुल्ला रहने बताएका छन् ।

गत वर्षपनि अस्पतालले विजया दशमीको अवसरमा अस्पतालले यस्तै प्रकारको सेवा प्रदान गरेको र यो सेवालाई दिरन्तरता दिने बताएका छन् ।

यसैबीच ३ सय करोडको लागतमा निर्माण भइरहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको फागुन १८ गते औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताएका छन् ।

पूर्वमा क्यान्सर अस्पताल नभइरहेको वेला निकट भविश्यमा सञ्चालनमा आउन लागेको पूर्वाञ्चल क्यान्स अस्पतालले पूर्वका क्यान्सरका रोगीलाई फाइदा पुग्ने कार्यकारी निर्देशक प्रसाईको भनाई छ ।

एक वर्षको अवधिमा विभिन्न दुर्घटनामा परेर छिनेका ६ वटा हात जोड्न सफल भएको कार्यकारी निर्देशक प्रसाइले बताए । उनले भने–‘ अब उपचार सम्भव छैन र हुन्न भनेका जटिल केशहरुपनि वीएण्डसीमा सहज रुपमा उपचार भएर घर फर्किएको देख्दा खुशी लाग्छ ।’

अस्पतालकी अध्यक्ष इन्दिरा गिरीले नेपालीहरको महान चार्ड वडादशै , शुभ दीपावली र छठ पर्वको शुभकामना दिँदै शुख शान्ति र समृद्धिको कामना गरेकी थिइन् ।

यता नेपाल पत्रकार महासंघ झापाका कार्यवहाक अध्यक्ष एकराज गिरीले सम्पूर्ण पत्रकारहरुको तर्फबाट अस्पताल परिवारलाई शुभकामना दिएका थिए ।

उनले झापाली पत्रकारले वीएण्डसीको हरेक सुख दुःखमा साथ दिएको भन्दै पत्रकार र वीएण्डसीको सम्वन्ध सुमधुर हुनुपर्ने विचार व्यक्त गरे । कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर