अहिले बडा दशैले हरेक नेपालीहरुलाई उमंगित बनाई रहेको छ । विभिन्न जातजाती भाषा धर्म अनुसार आआफ्नै मौलिक परंपरा संकृति अनुसार दशै मनाउने चलन परपूर्वकाल देखिनै चल्दै आएको छ । यस वेला धेरै नेपालीहरु हर्ष र खुशी एक आपसमा शुभकामना मार्फत बाढने काममा व्यस्त रहेका छन । त्यस्तै कोही रमाईलो गर्दै र गच्छेअनुसार ईन्तिजाम पारिएको मिठो मसिनो खानेकुरा खाएर दशै मनाई रहेका छन ।

सोही क्रममा कोही दशैको अवसरमा सामाजिक काम, संस्कृति संरक्षण अभियानमा लागिरेका छन भने केही समाजका सफल व्यक्तिहरु एक अर्कालाई सहयोग गरेर खुशी प्राप्त गरिरहेका छन, त्यस्तै हरेक दशैमा अरुलाई विभिन्न रुपमा सहयोग गरेर खुशी आर्जन गर्ने व्यक्तिमा पर्छन झापा विर्तामोड नगरपालिका वडा नं. २ का खेम संग्रौला ।

उनले आफ्नो संस्थालाई पनि समाज सेवामा वेला वेला परिचालन गराउदै आएका छन । हालै विर्तामोड २ मा सम्पन्न भएको प्रथम बिर्तामोड जिल्ला स्तरीय अण्डर सिक्स्टीन नक आउट फुटबल प्रतियोगिता प्रथम पुरस्कारको प्रायोजन रहेको एक्स्पर्ट एजुकेशन एण्ड भीसा सर्भिसेस् प्रालिका निर्देशक समेत रहेका संग्रौलाले झापा कनकाई नगरपालिका ८ लक्ष्मीपुरका एक जेहेन्दार विद्यार्थीलाई ७ लाख ३५ हजार आर्थिक सहयोग गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएका छन ।

२०७४ सालको दशैँ मनाएर झापाबाट कर्मथलो काठमाण्डौँ फर्कदै गर्दा असोज २१ गते काभ्रे जिल्लाको मंगलटारमा सडक दुर्घटनामा परि अल्पायुमै दिवंगत भएका मोहन लुईटेल र उनकी श्रीमती भावना लुईटेलको १७ बर्षे सुपुत्र सुजन लुईटेलको अध्यययनको लागि लाग्ने खर्च मध्ये संग्रौलाबाट पाँच लाख र साथीहरुबाट प्राप्त रुपैया गरी ७ लाख ३५ हजार प्रदान गरेका हुन ।



