Aamsanchar

लागूऔषध गाँजा सहित १ पक्राउ

Author Image
बुधवार, असोज ३१, २०७५

सुनसरी।

सुनसरीको धरान उप–महानगरपालिका–११ स्थित कल्याण चौकबाट प्रहरीले लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटा आहाले–९ घर भइ हाल धरान–११ बस्दै आइरहेका ४० वर्षका शिव बहादुर राईलाई पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा हिडिरहेका राइलाई चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलामा लुकाई छिपाई राखेको १ किलो गाँजा र नगद ५३ हजार रुपैँया फेला पारेको प्रहरीले जनाएको छ ।

गाँजा सहित पक्राउ परेका राइलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर