Aamsanchar

सरकारलाई गम्भीर बन्न सुझाव

Author Image
सोमवार, कार्तिक ५, २०७५

विराटनगर,

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिनुभयो ।

उहाँले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । ”

Views: 247

प्रतिक्रिया (०)