Aamsanchar

यौन दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ

Author Image
बुधवार, कार्तिक ७, २०७५

उदयपुर ।

उदयपुरको रौतामाई गाँउपालिका–३ रसुवा सालघारीका नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतामाई–६ का २८ वर्षीय डम्बर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

डम्बरले गत कात्तिक ३ राति यौन दुर्व्यवहार गरेको पीडितले उजुरी दिएकाले पक्राउ गरी अनुसन्धान थालिएको एसपी राईले बताए ।

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर