Aamsanchar

भद्रपुरबाट पटका र कुर्ता सुरुवाल बरामद

Author Image
बुधवार, कार्तिक ७, २०७५

भद्रपुर । 

भारतको गलगलिया नाकाबाट भद्रपुरतर्फ भन्सार छलेर भित्राइएको ५० हजार मुल्य बराबरको बारुदजन्य पटका तथा लत्ताकपडा बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, झापा गण नम्बर २ बाट खटिएका सशस्त्र प्रहरी टोलीले भद्रपुर ५ स्थित मसानघाट छेऊबाट उक्त सामान बरामद गरेको हो ।

दुई वटा झोलामा ल्याएको सामानमध्ये एउटा पोकामा पटका र एउटा पोकामा कुर्ता सुरुवाल रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको पटकालाई नष्ट गरिनेछ भने, कुर्ता सुरुवाललाई भन्सार बुझाइने जनाइएको छ ।

Views: 463

प्रतिक्रिया (०)

सम्बन्धित खबर