Aamsanchar

निलम्बित एसपी विष्टको स्पष्टिकरण पत्र गृहमा पुग्यो

Author Image
बुधवार, कार्तिक ७, २०७५

काठमाण्डौं ।

कन्चनपुरकी बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने कार्यमा संलग्न रहेको आरोपमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टले स्पष्टिकरण बुझाएका छन् ।

२४ घण्टे स्पष्टिकरण पत्र उनीहरुले प्रहरी प्रधान कार्यालय मार्फत आज दिउँसो गृह मन्त्रालयमा बुझाएका हुन् । उनीहरुले बुझाएको स्पष्टिकरण जस्ताको तस्तै मन्त्रालयमा पुर्‍याइएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताउनुभयो ।

भीमदत्त नगरी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या अनुसन्धानमा किन कारबाही नगर्ने रु भनी गृहले गत आइतबार स्पष्टिकरण सोधेको थियो । आईतबार नै पत्र बुझेका भट्टले सोमबार तथा हिजो मात्र पत्र बुझेका विष्टले आज बिहान स्पष्टिकरण प्रहरी महानिरीक्षकको सचिवालयमा बुझाएका थिए ।

उनीहरुको स्पष्टिकरणबारे अध्ययन सुरु भएको गृह मन्त्रालयले जनाएको छ । उनीहरुको जवाफ चित्त बुझ्दो नभए पुनस् जवाफ माग्ने वा बर्खास्तीको लागि कारबाही प्रक्रिया अघि बढाउने तयारी गृहको छ ।

प्रहरी प्रधान कार्यालयले दुबै जनालाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयलाई गत असोज २९ गते नै पत्राचार गरेको थियो । घटना अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रमुख एसपी विष्टसहित ८ जनालाई निलम्वन गरेको थियो ।

दुई जनाविरुद्द बर्खास्तीको प्रक्रिया अघि बढाएपनि निलम्बित डीएसपीद्वय ज्ञानबहादुर सेठी र अंगुर जिसी, इस्पेक्टर एकेन्द्र खड्का, सई हरसिंह धामी, असई रमासिंह धामी तथा जवान चाँदनी साउदबारेको कारबाही प्रक्रिया भने प्रहरी प्रधान कार्यालयले गुपचुप राखेको छ ।

बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शव गत साउन ११ गते भीमदत्त नगरपालिका, १८ स्थित उखुबारीमा फेला परेको थियो । हत्या भएको तीन महिनासम्म पनि प्रहरीले अनुसन्धानका लागि ठोस प्रमाण समेत जुटाउन सकेको छैन । सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले समेत अनुसन्धानमा प्रहरीको त्रुटि भेटाएको थियो ।

प्रतिवेदनले प्रहरी अनुसन्धान फितलो र शंकास्पद देखिएको निष्कर्ष निकाल्दै पुन सूक्ष्म अनुसन्धान गर्न सुझाव दिएको थियो ।–रेडियो कान्तिपुरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर