Aamsanchar

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपाल पराजित

Author Image
बिहिवार, कार्तिक ८, २०७५

काठमाडौं,

एएफसी  यू–१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।

थाइल्याण्डको चोनबुरी रङ्गशालामा बुधबार भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको हो। थाइल्याण्डको जितमा पतारानन अपुचाइ, टिप्क्रिता र श्रीविपा जनताराकले गोल गरिन्। पताराननले खेल शुरुआती नवौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन्।

त्यस्तै खेलको १७औँ मिनेटमा पेनाल्टीमार्फत थप १ गोल गर्दै टिप्क्रिताले थाइल्याण्डको अग्रता दोब्बर बनाइन्। खेलको पहिलो हाफसम्म २–० को अग्रता लिएको थाइल्याण्डले खेलेको दोस्रो हाफमा पुन १ गोल थप्यो। दोस्रो हाफको अतिरिक्त समयमा थाइल्याण्डकी श्रीविपाले १ गोल गर्दै थाइल्याण्डलाई ३–० को सहज जित दिलाइन्।

छनोटको समूह ‘बी’मा रहेको नेपालले अब आफ्नो दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ। समूह ‘बी’मा नेपालसहित थाइल्याण्ड, भारत र पाकिस्तान रहेका छन्। छनोटको समूह विजेता र उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्।

आगामी चैतमा हुने दोस्रो चरणको छनोट खेलबाट चार टोलीले एएफसी यू–१९ महिला च्याम्पियनशिपमा छनोट हुनेछन्। एएफसी यू–१९ महिला च्याम्पियनशिप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ।

च्याम्पियनशिपका लागि चीन, जापान र उत्तर कोरिया यसअघि नै छनोट भइसकेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)