झापा,

झापाको अर्जुनधारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। एक महिला घाइते भएकी छिन्।

मृत्यु हुनेमा अर्जुृनधारा नगरपालिका ४ स्थित दहिझोडा निवासी २५ वर्षीया अनु लिम्बु रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार भक्तबहादुर शेर्मा (लिम्बु)ले जंगली हात्तीबाट जोगिन आफ्नै घर वरिपरि करेन्टको पासो थापेका थिए। बिहीवार राति घरबाट बाहिर निस्किएकी उनकी श्रीमती अनुलाई सोही तारले करेन्ट लागेको थियो।

करेन्ट लागेपछि उनलाई बचाउन जाँदा उनकी बहिनी सुस्मिता लिम्बु समेत घाइते भएकी थिइन्। करेन्ट लागेर दुवै जना घाइते भएपछि उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अनुको उपचारको क्रममा मृत्यु भएको हो। सुस्मिताको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए।
Views: 292

