दाङ,

सिस्नेरीमा अपरिचित व्यक्तिले माहुरीको घारमा विषादी हाल्दा कम्तीमा ४४ घार नष्ट भएका छन् ।

चार सय ५० घार माहुरी पाल्दै आएका चितवनका विकास नेपालको बिएण्डबी फार्ममा विषादी हालिएको हो ।
यही कात्तिक ६ गते नै फार्ममा विषादी हालिए पनि प्रहरीलाई आज मात्रै खबर आइपुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।

सो स्थानको अवलोकन गर्दा माहुरी पूर्णरुपमा नष्ट भएको छ । सो विषयमा चिकित्सा जाँचपछि मात्र जानकारी पाइने बताइएको छ ।
Views: 195

