Aamsanchar

‘आयोगले गलत नजिर बसाल्यो’

Author Image
शनिवार, कार्तिक १०, २०७५

काठमाडौँ, 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएर गलत नजिर बसाल्न लागेको बताउनुभएको छ ।
आज रिपोर्टस् क्लबमा आयोजित पत्रकार भेटघाटमा उहाँले गलत नजिर बस्दा पछि अफ्ठेरो पर्ने भन्दै आयोगको निर्णय विरुद्ध सर्वाेच्च अदालत जाने बताउनुभयो ।

आधिकारिक पत्र आफूहरुलाई नआएको मिडियाबाट मात्रै थाहा पाएको बताउँदै उहाँले भन्नुभयो, “पत्र आएपछि उक्त निर्णयविरुद्ध हामी एक हप्ताभित्रमा सर्वाेच्च जान्छौँ ।” उहाँले व्यावहारिकरुपमा नेपाल कम्युनिष्ट पार्टी भनेपछि कमा, कोष्ट राख्दैमा त्यसको पहिचान हुने खालका कुनै पनि नाम अरुलाई दिन नहुने धारणा राख्दै छुट्टै पहिचान हुने खालको नाम दिनुपर्ने बताउनुभयो ।

उहाँले आफू, मोहन वैद्यलगायतसँग मिलेर नयाँ कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्न लागेको जानकारी दिनुभयो ।

Views: 154

प्रतिक्रिया (०)