Aamsanchar

काङ्ग्रेस एक ढिक्का भएर अघि बढ्छ : नेता गच्छदार

Author Image
आइतवार, कार्तिक ११, २०७५

विराटनगर, 

नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले पार्टी अब एक ढिक्का भएर भएर अगाडि बढ्ने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसको मोरङ क्षेत्र नं ५ ले मोरङको धनपालथान दाँदर बैरियामा  आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले तल्लो तहबाट विवाद र गुटगत राजनीति त्यागेर विधान तथा विधिसम्मत राजनीति गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, सांसद डा डिला सङ्ग्रौला, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीलगायतले पार्टीमा देखिएको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Views: 445

प्रतिक्रिया (०)