काठमाण्डौं ।

श्रीमतीको हत्या गर्ने एक पुरुष पोखराबाट पक्राउ परेका छन् । खोटाङको बराहपोखरी ६ का २२ वर्षीय अनिल परियार पक्राउ परेका हुन् ।

उनले गत १२ भदौमा बसुन्धरास्थित एक गेष्ट हाउसको कोठा नं १०१ मा उनकी श्रीमती १८ वर्षीय लक्ष्मी परियारको हत्या गरेका थिए ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरीको विशेष टोलीले उनलाई पोखराबाट पक्राउ गरेको महाशाखाका एसपी सुरेन्द्र सिंह राठौरले जानकारी दिए ।

Views: 493

