Aamsanchar

नेकपाको स्थायी कमिटी बैठक स्थगित

Author Image
आइतवार, कार्तिक ११, २०७५

काठमाडौं,

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ।

कात्तिक १२ र १३ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको हो। नेकपा एकिकरण भएपछि स्थायी समिति बस्न खोजेको हो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थायी कमिटी बैठक सरेको हो।

पार्टीको तल्लो कमिटी, विभाग, जनवर्गीय संगठनहरुबीच एकताको काम नटुंगिएका कारण पनि बैठक बस्न नसकेको बुझिएको छ। अघिल्लो सचिवालय बैठकले सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णुप्रसाद पौडेललाई पार्टी एकताको सम्पुर्ण बाँकी काम र नेकपा केन्द्रीय कमिटीको कार्यविभाजनको अन्तिम खाका बनाउन दुईवटा वटा शक्तिशाली कार्यदल गठन गरेर जिम्मा दिएको छ।

Views: 185

प्रतिक्रिया (०)