Aamsanchar

डायफ्राम च्यातिएर कलेजो फोक्सोसंग टाँसिएपनि सफल उपचार

Author Image
आइतवार, कार्तिक ११, २०७५


छाती र पेट छुट्याउने डायफ्राम नै च्यातिएर कलेजो फोक्सोसंग टाँसिएको अवस्थामा अस्पताल भर्ना भएकी एक विरामीको झापाको बिर्तामोडमा रहेको विएण्डसी अस्पतालले सफल उपचार गरेको छ ।
पाँचथरको भारपामा भएको सवारी दुर्घटनामा परी गत असोज १४ गते अस्पताल भर्ना हुनुभएकी भारपा – ७ पाँचथर निवासी ४९ वर्षीया टेकरानी आङ्वोको अस्पतालले सफल उपचार गरेको अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

छातीको करङ नै भाचिएर डायफ्राम नै च्यातिदै कलेजो फोक्सोसंग टाँसिदा उपचार गर्न अत्यान्तै जटिल हुन्छ अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उपचारमा सम्लग्न चिकित्सक डा वाशुदेव वास्कोटाले भन्नुभयो –‘ यस्तो अवस्था र उपचार अत्यन्तै दुर्लभ हुने गरेको छ । आङबोलाई उपचारका लागि अस्पताल ल्याइपु¥याउदा अवस्था ज्यादै जटिल थियो उहाँले भन्नुभयो –‘सायद उहाँको उपचार अन्य अस्पतालमा उपकरणकै अभावले पनि सम्भव थिएन ।

चार जना विशेषज्ञ चिकित्सकको टिमले तीन घण्टा लामो शल्यक्रियापछि आङ्वोको च्यातिएको डायफ्राम र कलेजो तथा फोक्सोलाई ठीक ठाउँमा राखिएको अर्का चिकित्सक सन्देश दाहालले बताउनुभयो । उहाँले भन्नुभयो–नेपालमा यस्तो अवस्थाको उपचार कति भए कुनै सरकारी तथ्याङ्क छैन तर जर्मनीमा रहेको एक सरकारी अस्पतालमा भने आठ वर्षमा १४ वटा मात्रै शल्यक्रिया भएको तथ्याङ्क छ । काठमाडौंको वीर अस्पतालमा आफू कार्यरत रहदा पनि एकदम कम मात्र यस्ता दुर्घटनाका घाइते देखेको थिएँ । नेपालमा यस्ता विरामीको बारेमा कतै अध्ययन भएको छैन उहँँले भन्नुभयो ।

आङबोको शल्यक्रियाका लागि डा. दहाल, डा. वास्कोटा, डा. अमित शाह र डा. रविन रन्जितकार टोलीले गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइले जानकारी दिए ।
पत्रकार सम्मेलनमा यस अघि अस्पतालले प्याङक्रियाज ग्रन्थीको समेत सफल सल्यक्रिया गर्दै विरामीलाई नयाँ जीवन दिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी गराएका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 382

प्रतिक्रिया (०)

सम्बन्धित खबर