Aamsanchar

औषधि व्यवसायी सङ्घ प्रदेश संरचनामा

Author Image
सोमवार, कार्तिक १२, २०७५

काठमाडौँ, 

नेपाल औषधि व्यवसायी सङ्घ विधिवत् रुपमा प्रादेशिक संरचनामा गएको छ ।

सङ्घले आफ्नो विधानलाई संशोधन गरी साविकको अञ्चल कार्यालयलाई खारेज गर्दै प्रादेशिक संरचनामा गएको हो । नयाँ विधानअनुसार सङ्घको संरचना केन्द्र, प्रदेश र जिल्ला तहमा रहने सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्घ स्थापना भएको करीब ४६ वर्षपछि भएको नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय समिति २८, प्रदेश समिति १९ र जिल्ला समिति ११ जनाको हुने र सोको कार्यकाल तीन वर्षको हुनेछ ।

सङ्घको नेपालगञ्जमा हालै सम्पन्न साधारणसभाले विधान संशोधन गरेको सङ्घका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिनुभयो । सङ्घका पूर्वअध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा विधान संशोधन समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर