Aamsanchar

५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

Author Image
मङ्गलवार, कार्तिक १३, २०७५

काठमाडौं ,

देशभर बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन एको क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई  जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्ष मुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था या वितरण केन्द्रमा आफूलाई पायकपर्ने समयमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खवाउन लैजान आग्रह गरेको छ ।

यो अभियानका क्रममा बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)