Aamsanchar

ढिस्कोले पुरिएर मृत्यु

Author Image
मङ्गलवार, कार्तिक १३, २०७५

गाईघाट,

उदयपुरको चौदण्डी नगरपालिका हँडिया–९ अजगराकी २० वर्षीया सम्झना चौधरीको सोमबार नजिकैको जङ्गलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खेतमा धान राख्ने खला लिप्ने माटो लिन गएकी सम्झना चौधरीको पुरिएर मृत्यु भएको हो । चौधरीका बाबु तीलकराम चौधरी भने ढिस्कोले पुर्दा सख्त घाइते भएका छन् । घाइते चौधरीको छिमेकीले जङ्गलबाट उद्धार गरी नजिकैको हँडिया स्वास्थ्यचौकीमा उपचार भइरहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताउनुभयो ।

घटनास्थल हँडिया अजगरादेखि पाँच किलोमिटर उत्तरी पहाडी क्षेत्रको जङ्गलमा भएको प्रहरीले जनाएको छ ।

Views: 344

प्रतिक्रिया (०)