भक्तपुर,

यहाँ आज १३ वर्षीयालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको छ ।
पीडित बालिकालार्ई यही कात्तिक ३ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले यही कात्तिक ११ गते उजूरी दिएपछि प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ परीक्षण गरिएको बताइएको छ ।
Views: 141

