Aamsanchar

दृष्टिले दुई लाख मानिसको आँखा जाँच्यो

Author Image
बुधवार, कार्तिक १४, २०७५

बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका –३ सैनिकमोडमा रहेको दृष्टि आँखा (आई) अस्पतालले स्थापनाको ५ वर्षको अवधिमा दुई लाख बढी सेवाग्रहीलाई सेवा प्रदान गरेको छ ।

निजि क्षेत्रबाट सञ्चालित अस्पतालले स्थापनाको छोटो समयमा नै लोकप्रियता कमाउन सफल भएको छ । सर्वसुलभ, उत्याधुनिक उपकरण र दक्ष चिकित्सक नै दृष्टि आँखा अस्पतालको पहिचान भएको अस्पतालका अध्यक्ष राम उप्रेतीले बताएका छन् ।

अस्पतालमा आँखाका बिरामीहरु आउने क्रम बढ्दै गएको भन्दै अस्पतालका अध्यक्ष उप्रेतीले भने–सबैका लागि दष्टि, सधैंका लागि दृष्टि भन्ने नाराका साथ दृष्टि आँखा अस्पतालले सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय अस्पतालले आफ्नै भवनबाट समेत सेवा प्रवाह गर्न सुरु गरेको बताउदै अध्यक्ष उप्रेतीले अस्पताललाई पूर्वकै नमुन अस्पताल बनाउन लागि परेको जानकारी दिए ।

मानविय सेवाका लागि सबैभन्दा महत्वपूर्ण आँखाको उपचार सुरु गरेको यस अस्पतालले कानको पनि उपचार सुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए । अस्पतालमा दैनिक दुई सयबढीले सेवा लिईरहेको अस्पतालका नेत्र रोग विशेषज्ञ डाक्टर अजित ठाकुरले जानकारी दिए ।

नेपाल तथा भारत मात्र नभएर बंगलादेश, भुटान लगायतका तेस्रो मुलुकबाट समेत दृष्टि आँखा अस्पतालमा उपचारका लागि बिरामीहरु आउने गरेको डाक्टर ठाकुरको भनाई छ । अस्पतालले आँखाका जस्तो सुकै जटिल रोगहरुको पनि सफलता पूर्वका उपचार गर्ने गरेको जनाइएको छ ।

आँखाको नानी, जल बिन्दु, मोतीया बिन्दु, तथा रेटिनाहरुको जटिल शल्यक्रियाहरु पनि सफलता पूर्वक सम्पन्न गरेकाले दृष्टि आँखा अस्पताल प्रति सेवा ग्राहिको विशवास बढेको अस्पतालले जनाएको छ । आँखाको जटिल रोगहरुको उपचार गर्दै आएको अस्पतालले कानको पनि उपचार सुरु गरेपछि ६ महिनाको अवधिमा तीन हजार बढीले सेवा लिएका छन् ।

अस्पतालले सामान्यदेखि जटिल रोगहरुको पनि उपचार गर्छ अस्पतालका डाकटर ठाकुर भन्छन्– हामीले आँखा मात्र होइन कानको पनि उपचार सुरु गरेको ६ महिनामा नै २ सय बढीको जटिल शल्यक्रिया गरेर बिरामीलाई निको बनाएका छौं ।  निजि स्तरबाट सञ्चालनमा आएपनि सर्वसुलभ रुपमा सेवा प्रदान गरेकाले सबै नागरिको पहुँच दृष्टि आँखा अस्पतालमा पुगेको अस्पतालका अध्यक्ष उप्रेतीको भनाई छ ।

आमसञ्चारलाई शुभकामना

मानविय सेवामा सक्रिय रुपमा लागेको अस्पतालले आफुलाई सामाजिक क्षेत्रमा पनि अब्बल सावित गरेको छ । दिनरात समाचार संकलन गरेर जनतालाई सुसुचित गर्ने पत्रकारहरुलाई अझ हौसला प्रदान गर्दै खेलको माध्यबाट पनि स्वास्थ्य प्रति जनचेतना जगाउने उद्धेश्यले दृष्टि आँखा अस्पतालले झापाको बिर्तामोडमा रहेको आमसञ्चार डटकमलाई फुटबलको जर्सी प्रदान गरेको छ ।

अस्पतालका अध्यक्ष राम उप्रेतीले अस्पतालको तर्फबाट बिहिबारबाट हुन गईरहेको दोस्रो मिडिया कपमा सहभागिता जनाएको आमसञ्चारलाई विजयीको शुभकामना दिदैं जर्सी प्रदान गरेका हुन् । उनले आमसञ्चार अनलाईले क्षण भरमै विश्वभर समाचार तथा विभिन्न जानकारीहरु प्रकाशन गर्दै आएको भन्दै आपसीहित र सहकार्य गर्दै अघि बढ्ने उद्धेश्यले जर्सी प्रदान गरेको जानकारी दिए ।

दृष्टि आँखा अस्पताल नेपालका विभिन्न ९ स्थानमा सञ्चालनमा रहेको जनाइएको छ । अस्पतालले स्कुल जाँउ आँखा जचाँउ भन्दै ५ वर्षमुनिका बालबालिकाहरुको निःशुल्क रुपमा उपचार गर्दै आएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर