Aamsanchar

विर्तामोड खुलम्खुल्ला दिशा क्षेत्र

Author Image
शुक्रवार, कार्तिक १६, २०७५

खुल्ला दिशा मुक्त क्षेत्र भन्ने घोषणा सुन्ने जोकोहीले सोच्ने गर्छन अव सो क्षेत्र राम्रो भएछ , खुल्ला दिशाका कारण हुने विभिन्न महामारी जस्ता रोग लाग्दैन र फैलदैन भन्ने नै हुन्छ ।
त्यस्तै केही महिना अघि विर्तामोड नगरपालिकालाई खुल्ला दिसा मुक्त नगरपालिका घोषणा तामझामका साथ गरिसकिएको छ । घोषणा पछी धेरै तिरवाट खुल्ला दिशा मुक्त विर्तामोड घोषणा भएकोमा खुशी पनि व्यक्त धेरैजनाले गरेका थिए ।

तर अहिले विर्तामोड नगरपालिका वडा नं. ३ विराटपोखरमा रहेको मुसहर बस्तीलाई हेर्दा विर्तामोड खुल्ला दिशामुक्त घोषणा हचुवाको भरमा भएको प्रसस्त प्रमाण देखिन्छ ।

सो बस्तीमा ८ घर रहेको छ, कालोपत्रे सडक नजिकै रहेको बस्तीकोे सौचालय प्रयोग भएकै छैन । चारवटा सौचालय भएको बस्तीमा एक वटा सौचालय मात्र प्रयोग भएको पाईएको छ, बाकी रहेका तिनवटा सौचालयमा घेराबारा पनि छैन प्रयोग पनि छैन, बालबालिका हरु घरको आ“गनमै दिशा गर्छन अभिभावकहरु कोही प्रयोग भई रहेको सौचालयमा त कोही खेत कान्लामा दिशा गर्दै आएका छन । दुनियाको नजरमा विर्तामोड नगरपालिका खुल्ला दिशा मुक्त घोषणा छ र व्यवहारमा हुन सकेको छैन, व्यवहारमा नै खुल्ला दिशा मुक्त गर्न सम्वन्धीत निकाय लाग्ने हो की ?

फोहोरको प्रकोपमा पर्न बाध्य एक वालक

सब्द तस्वीर : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 485

प्रतिक्रिया (०)

सम्बन्धित खबर