Aamsanchar

प्याराग्लाइडिङ प्रतियोगिता शुरु

Author Image
शनिवार, कार्तिक १७, २०७५

स्याङ्जा,

स्याङ्जाको स्वरेक मैदानमा नेपालमै पहिलो पटक आयोजना गरिएको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिता सन् २०१८ ले विश्वका खेलाडीको ध्यान तानेको छ ।

भीरकोट नगरपालिका–५ महापुर स्वरेक मैदानबाट उडाएर वालिङ नगरपालिका–११ डौवाफाँटमा अवतरण गर्ने व्यवस्था मिलाइएको प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा बिहीबारदेखि शुरु भएको छ ।

प्रतियोगितामा २१ देशका १०० भन्दा बढी खेलाडीले नाम दर्ता गराए पनि आवश्यक सामग्रीको कमी कमजोरी देखिएकाले खेलाडीलाई सहभागी नगराइएको र प्रतियोगितामा ७० जना खेलाडीको मात्रै सहभागिता रहेको छ ।

नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकपको आयोजना भएकाले यो प्रतियोगिता सञ्चालन हुनु राज्य र खेलाडीको लागि गर्वको कुरा भएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर