Aamsanchar

सडक निर्माण सम्पन्न

Author Image
आइतवार, कार्तिक १८, २०७५

रसुवा, 

रसुवागढी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र थुमन गाउँका बासिन्दालाई मोटर यातायातको सुविधा दिन सडक निर्माण गरिएको छ ।

जलविद्युत आयोजना टिमुरेका वातावरणविद् तथा जनसम्पर्क प्रमुख तेज साउदका अनुसार रोङ्गादेखि थुमनसम्म १३ किमी सडक निर्माण अन्तिम चरणमा पुगेको हो । एक सय ११ मेगावाट सो जलविद्युत् आयोजनाका प्रभावित क्षेत्र गोसाइँकुण्ड गापा–१ थुमनका बासिन्दाको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै विशेष कोष स्थापना गरी सडकको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको तथा थोहुतससम्म मिलाउन काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

सडक निर्माणसँगै उक्त क्षेत्रका ५०० भन्दा बढी घरपरिवारलाई दैनिक आवतजावतमा सहज हुने भएको छ । उक्त गाउँमा स्वास्थ्य उपचारमा सहजता ल्याउन स्वास्थ्य केन्द्रलाई एक नर्स, विद्यालयका लागि दुई शिक्षकसमेत व्यवस्था गरिएको र नियमित पूजाआजाका लागि गुम्बासमेत निर्माण गरिएको आयोजनाले जनाएको छ ।

Views: 227

प्रतिक्रिया (०)