Aamsanchar

विकास र समृद्धिका लागि सहकार्य आवश्यक

Author Image
सोमवार, कार्तिक १९, २०७५

विराटनगर,

सङ्घीय सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले प्रदेशको जनताको विकास र समृद्धिका लागि प्रतिपक्षसँग सहकार्य गरी बहसको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कृषिको विकास, उद्योगको विस्तार, पर्यटन क्षेत्रको विकास र भौतिक पूर्वधार निर्माणबाट नै यस क्षेत्रका जनताको आर्थिक समृद्ध कायम हुनेछन् भन्नुभयो ।

उहाँले योजना निर्माण गर्दा जनताको प्रत्यक्ष संलग्नता भएमा मात्र जनताले विकासको अनुभूति गर्ने बताउँदै पिछडिएका जनताका भाषा, संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्व रहेको धारणा व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा आफूले प्रदेश नं १ को १४ जिल्ला भ्रमण गरी आर्थिक समृद्ध हासिल गर्न जनताबाट प्राप्त सुझाव मुख्यमन्त्रीलाई बुझाउने जानकारी दिनुभयो ।

Views: 341

प्रतिक्रिया (०)