Aamsanchar

वन क्षेत्र हडपेको भन्दै विरोध

Author Image
सोमवार, कार्तिक १९, २०७५

काठमाडौँ,

सार्वजनिक सम्पत्ति हडपेर कालिञ्चोक मन्दिरमा केबुलकार सञ्चालन गर्न लागिएको भन्दै कालिञ्चोक सरोकार तथा सङ्घर्ष समितिले विरोध जनाएको छ ।

कालिञ्चोक क्षेत्रमा ‘कालिञ्चोक’, ‘त्रिपुरा’ र ‘भूमेश्वर’ नामक नक्कली गुठी खडा गरी केबलकार सञ्चालकले सार्वजनिक वन क्षेत्र हडपेको सङ्घर्ष समितिका सल्लाहकार नरबहादुर पाख्रिनले बताउनुभयो ।

नक्कली गुठीको नामबाट उक्त केबलकारले भोगाधिकारका लागि २.४१ हेक्टर राष्ट्रिय जङ्गल हडपेको उहाँले दाबी गर्नुभयो ।

राष्ट्रिय सम्पत्ति जोगाउनु सबैको कर्तव्य भएको उल्लेख गर्दै उहाँले सो केबुलकार प्रचलित कानूनविपरीत निर्माण गरिएकाले विरोध गर्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केबुलकार सञ्चालनमा स्थानीय जनताको आपत्ति छैन, हामी विकास विरोधी पनि होइनौँ, तर कानूनसम्मत तरिकाबाट केबुलकार सञ्चालन हुनुपर्छ ।”

मन्दिरको दर्शन गर्न आउने यात्रीलाई सहजता प्रदान गर्न भन्दै कालिञ्चोक दर्शन लिमिटेडले केबलकार सञ्चालन गर्ने तयारी गरेको छ ।

Views: 111

प्रतिक्रिया (०)