Aamsanchar

अवकाश प्राप्त वन अधिकृतविरुद्ध मुद्दा दायर

Author Image
सोमवार, कार्तिक १९, २०७५

काठमाडौँ, 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त सहायक वन अधिकृत विनोदकुमार सिंह विरुद्ध अनाधिकृतरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आरोपी सिंहको रु तीन करोड ५१ लाख ८२ हजार ६४४ बराबरको सम्पत्ति मध्ये रु एक करोड ६० लाख २१ हजार १८ वैध देखिएको छ । सरकारी सेवामा रहँदा आरोपी सिंहको रु एक करोड ९१ लाख ६१ हजार ६२५ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको आयोगले दाबी गरेको छ ।
वन अधिकृत सिंहले २०४३ साल फागुन १३ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरी केही समय पहिले मात्रै अवकाश लिनुभएको हो ।

स्रोत नखुलेको सम्पत्ति आफन्तका नाममा राखेको तथा कुनै पनि तथ्य र प्रमाणबाटसमेत पुष्टि नभएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

Views: 201

प्रतिक्रिया (०)