जनकपुरधाम,

जनकपुरधाममा आज धनतेरस पर्व हर्षोल्लासकपूर्वक सम्पन्न भएको छ ।

यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा आजका दिन नयाँ–नयां भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।
आयुर्वेदका प्रवर्तक धन्वन्तरीको प्रकटसँग स्वास्थ्य र धनको प्रसङ्ग रहेका कारण धन्वन्तरीको पूजाले भाग्योदय हुने मान्यता छ । धनतेरसका दिन यमको पूजा गर्नाले अकाल मृत्युबाट रक्षा र कुबेरको पूजाले दरिद्रता नरहने मानिन्छ ।

धातुले नकारात्मक ऊर्जालाई मेटाउने भएकाले आजका दिन सुन र चाँदीको खरीद गरी धनको वर्षा हुने आशा राख्ने गरेको पाइन्छ ।
अवसरमा जनकपुरधामको जानकी मन्दिर परिसर, सुनचाँदी पसल र भाँडाकँुडा पसलमा किनमेल गर्नेको भीडले मेलाको स्वरूप ग्रहण गरे जस्तो देखिन्थ्यो ।
Views: 207

