Aamsanchar

दमक र मेचीनगरपालिकाले तोक्यो दक्षिणा

Author Image
मङ्गलवार, कार्तिक २०, २०७५

झापा ।

झापाका दुई वटा नगरपालिकाले तिहारमा देउसी भैलो खेल्नेलाई रकम नै तोकेका छन् ।

दमक नगरपालिकाले तिहारको समयमा देउसी भैलो खेल्नेलार्इ अधिकतम १ सय ५१ रुपैंया भन्दा बढि दक्षिणा नदिन सार्वजनिक सूचना गरेको छ ।

चाडपर्वहरु भड्किलो बन्दै गएको बताइएका बेला नगरपालिकाले सार्वजनिक सूचना गरेको हो । देउसी भैलोमा र दानदक्षिणा गर्दा १ सय ५१ रुपैंया भन्दा बढि नगर्न नगरपालिकाले आग्रह गरेको हो । यसको पक्ष र बिपक्षमा सामाजिक सञ्जालमा बहस शुरु भएको छ ।

यता मेची नगरपालिकाले पनि देउसी र भौलोलाई ५१ रुपैंया मात्र दिन नगरबासीलाई आग्रह गरिसकेको छ ।

Views: 144

प्रतिक्रिया (०)