Aamsanchar

गणेशमानको शालिकमा माल्यार्पण

Author Image
शनिवार, कार्तिक २४, २०७५

पोखरा, 

सर्वमान्य नेता गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज पोखराको नालामुखस्थित उहाँको शालिकमा माल्यार्पण गरिएको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा, क्षेत्रीय सभापति बजिरमान श्रेष्ठ, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, मकाउ जनसम्पर्क समितिका अध्यक्ष लेखबहादुर गुरुङ, मेजर दीपक गुरुङ, नेता खेमराज पौडेललगायत नेता तथा कार्यकर्ताले सिंहको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

माल्यार्पण समारोहमा काँग्रेस नेता खेमराज पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पु¥याउनुभएको योगदान अतुलनीय भएको बताउनुभयो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्ने सिंहको अदम्य साहस एवम् त्याग प्रत्येक राजनीतिकर्मीका लागि अनुकरणीय भएको उल्लेख गर्नुभयो ।

Views: 151

प्रतिक्रिया (०)