Aamsanchar

थुनुवाको स्वास्थ्य परीक्षणमा समस्या

Author Image
शनिवार, कार्तिक २४, २०७५

कञ्चनपुर, 

शुक्लाफाँटा नगरपालिकाको झलारीमा रहेको इलाका प्रहरी कार्यालयलाई थुनुवाको स्वास्थ्य परीक्षण गर्न समस्या भएको छ । स्वास्थ्य चौकी झलारीले यही कात्तिक १२ गतेदेखि थुनुवाको स्वास्थ्यलगायत मापसे र चोटको घाउ जाँचमा रोक लगाएपछि इलाका प्रहरी कार्यालय समस्यामा परेको हो ।

स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य चौकी झलारीले विभिन्न समस्या देखाएर इलाका प्रहरी कार्यालयको थुनामा परेका थुनुवाको स्वास्थ्य परीक्षण गर्न नमानेपछि महाकाली अस्पताल जानुपर्ने बाध्यता आएको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

थुनामा परेका जोकोहीलाई पनि सरकारको नियमअनुसार अनिवार्य स्वास्थ्य परीक्षण गरेरमात्र थुनामा राख्नुपर्ने नियम भएकाले रातिको समयमा समेत अञ्चल अस्पताल महेन्द्रनगर जानुपर्ने बाध्यता आइलागेको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो ।

स्वास्थ्य चौकीका स्वास्थ्य सहायक हरि नाथले उपकरणको अभावका कारण अन्दाजको भरमा स्वास्थ्य परीक्षण गरेको रिपोर्ट दिनुपर्ने भएकाले कार्यालय समयबाहेकको समयमा स्वास्थ्य चौकीले थुनुवाको स्वास्थ्य परीक्षण नगर्ने भएको बताउनुभयो ।

रातको समयमा स्वास्थ्य चौकीमा अनमीहरुले मात्र कार्यालय हेर्ने भएकाले प्रहरीले स्वास्थ्य परीक्षणका लागि ल्याउने थुनुवाको मादक पदार्थ सेवन गरे÷नगरेको मुख सुँघेर अनुमानको भरमा मात्र मापसेको प्रतिवेदन दिनुपर्ने भएकाले कार्यालय समयबाहेकको समयमा स्वास्थ्य परीक्षणमा रोक लगाएको उहाँले बताउनुभयो । रातको समयमा अनमीमात्रै बस्ने गरेका छन् उहाँले भन्नुभयो, “जाँच गर्ने वेथलाइजर उपकरणको अभावमा स्वास्थ्य परीक्षण गर्न जटिल भएको छ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर