Aamsanchar

देउसी भैलोबाट सङ्कलित रकम मिर्गाैला पीडितलाई

Author Image
शनिवार, कार्तिक २४, २०७५

भद्रपुर,

देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम दुवै मिर्गाैला पीडित सम्झना बुढाथोकी (राउत) को उपचार सहयोगका लागि प्रदान गरिएको छ ।

शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी भैलो खेलेर सङ्कलन गरिएको रु ५० हजार ५६५ आज सम्झनाको बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।

चिकित्सकले २७ वर्षीय सम्झानालाई चाडै मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताएको उनका बुबा भुवनले बताउनुभयो । हाल उहाँको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

सम्झनाको उपचारमा अहिलेसम्म रु २२ लाखभन्दा बढी रकम खर्च भइसकेको भुवनले बताउनुभयो । छोरीको उपचारमा सहयोग गरिदिनका लागि उहाँले सबैसँँग अपिल पनि गर्नुभएको छ ।

Views: 201

प्रतिक्रिया (०)