Aamsanchar

सरकारले भताभुङ्ग बनाएका काम टाल्दैछ : उपनेता नेम्वाङ

Author Image
सोमवार, कार्तिक २६, २०७५

इलाम,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङले मुलुक सङ्घीयतामा गएपछि नयाँ ढङ्गले काम गर्नु पर्दा सरकारको काममा केही ढिलासुस्ती भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित पार्टी जिल्ला कमिटीले आयोजना गरेको चियापान समारोहमा बोल्दै नेम्वाङले भन्नुभयो, “पुराना सरकारले भताभुङ्ग बनाएका कामलाई सम्हाल्दैमा बित्दैछ ।”

उपनेता नेम्वाङले आफूहरुले जे प्रतिबद्धता गरेर चुनावमा मत ल्याएको हो ती प्रतिबद्धतासमेत बिस्तारै पूरा हँुदै गएको बताउनुभयो । मुलुक सङ्घीयतामा गएसँगै इलाम जिल्लामा रहेका सरकारी कार्यालय अन्य जिल्लामा लैजान नदिन रोक लगाउन आग्रह गरिएको उहाँको भनाइ थियो ।

“हामीसित समन्वय गरेर नै कार्यालयहरु सर्दै रहेका हुन् तर जिल्लालाई अपायक पर्ने गरी सरकारी कार्यालयहरु जिल्लाबाहिर जान्छन् भने हामी त्यसका लागि कडा भएर उत्रन्छाँै” नेम्वाङले भन्नुभयो ।

Views: 115

प्रतिक्रिया (०)