

बिर्तामोड । झापाको कनकाई नगरपालिका स्थित विरिङ खोलामा छठ मनाउँने तयारी पुरा भएको छ । छठ सेवा समिति विर्तामोडको आयोजनामा ३६० वटा पुजा घाटहरुको निर्माण गरी छठ पुजा गर्ने पत्रकार सम्मेलन गरी छठ पुजा समितिले जानकारी गराएको हो ।

कात्तिक २७ गते दिउँसो २ बजेबाट हुने छठ पुजाको उद्घाटन प्रदेश नं १ का अर्थमन्त्री माननीय ईन्द्रबहादुर आङ्बो मौसमले गर्ने भएका छन् । पुजा सन्चालनमा एउटा घाटमा दुईदेखि ३ परिवार सम्मले पुजा गर्न सकिने छठ समाज सेवा समिति अध्यक्ष घनश्याम चौधरीले बताए । २०४६ साल देखि निरन्तर रुपमा बिर्तामोडको अदुवाखोला पच्चिममा पुजा गर्दै आएपनि भक्तजनको अत्यधिक चापका कारण केही वर्ष अघिदेखि विरिङ नदीमा पुजा घाट निर्माण गरी पुजा सञ्चालन गरिदै आएको संस्थाकी महिला उपाध्यक्ष संगीता रौनियारले जानकारी दिइन् ।

छठ पुजा समितिले सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलयसँग र स्वास्थ्यलाई मध्य नजर गर्दै कन्चनजंघा अस्पतालनसँग समन्वय गरेको बताएको छ ।समितिले पुजा सञ्चालनकालागि ९ वटा उपसिमतिहरु निर्माण गरेर आवश्यक रुपमा स्वयमसेबक परिचालन गरिएको संस्थाका महासचिव कुमार शाहले जानकारी दिए ।

पुजा समाहरोमा मैथिलि, मधेसी, राजवंशी, खस,मारवाडी र मुसलमान आदि समुदायका परिवारले पुजागर्न पुजाघाट समिति संग लिएको पत्रकार भेटघाटमा जानकारी दिईएको थियो । सुर्यको आरधना संगै बिधि पुर्वक रातभर जागराम बसेर भजन किर्तन समेत गर्ने व्यवस्था समितिले मिलाएको बताईएको छ ।

