Aamsanchar

एकल महिलालाई आत्मनिर्भर बनाउन समूह गठन

Author Image
मङ्गलवार, कार्तिक २७, २०७५

पाल्पा,

रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई उद्यमशीलताको विकासबाट आत्मनिर्भर बनाउन प्रत्येक वडामा समूह गठन गरेको छ ।

गाउँपालिकाले प्रत्येक वडामा पाँच सदस्यीय समिति गठन गरेको छ । अहिलेसम्म रिब्दीकोटको आठ वडामा समिति गठन भइसकेको छ । समितिले एकल महिलाको माग सङ्कलन गर्नेछ ।

मागका आधारमा गाउँपालिकाले एकल महिलालाई सहयोग गर्नेछ । चालु आव २०७५÷७६ का लागि रु १० लाख बजेटको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो ।

सिलाईकटाइसम्बन्धी वा अन्य सीप हुनेलाई सोहीअनुसार कामको खोजी गर्ने तथा उत्पादनलाई बजारसम्म पु¥याइने जिसीले बताउनुभयो ।

“समूहको मागअनुसार काम गछाँै,” उहाँले भन्नुभयो । गाउँपालिकाले समूह गठन र बजेट परिचालनसम्बन्धी अन्तरक्रिया प्रत्येक वडामा गरिसकेको छ ।

एकल महिलाको विकास निर्माणमा सहभागिता बढाउने तथा उनीहरुलाई आत्मनिर्भर बनाउन यस अभियानबाट मद्दत पुग्ने छ । एकल महिला ज्ञान, सीप र क्षमताको प्रयोग गरी सक्षम बन्ने अध्यक्ष जिसी बताउनुहुन्छ ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर