Aamsanchar

प्रदेशका मन्त्री धमाधम बर्खास्त

Author Image
मङ्गलवार, कार्तिक २७, २०७५

कैलाली,

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्री पदबाट हटाइएको छ । तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाएको हो ।

मन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले मन्त्रीलाई पदमुक्त गरिएको पुष्टि गरे । मन्त्रीले प्रयोग गर्ने गाडी दुर्घटना भएको प्रकरणका कारण पार्टीको निर्देशनमा सोडारीलाई मन्त्रीबाट हटाइएको नेपाल कम्युनिस्ट पार्टी  नेकपा स्रोतले जनाएको छ ।

मन्त्री सोडारीले प्रयोग गर्दै आएको बा २ झ ३१२५ नम्बरको स्कारपियो जीप शुक्रबार राति कैलालीमा दुर्घटना भएको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा से ३ प २४२० नम्बरको मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जीप एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा ३ जना घाइते भएका थिए ।

मन्त्री सोडारी जीपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जीप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र से३प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए ।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर